तोलामा २५ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
३ आश्विन २०८२, मङ्गलबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँ कायम भएको छ। हिजो (सोमबार) सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ रहेको थियो। 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा पाँच रुपैयाँले कम हो। सोमबार चाँदीको मूल्य दुई हजार एक हजार ६५ रुपैयाँ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार