मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला

Nagarik Sewa 4868+ समाचार ( )
७ भाद्र २०८३, आइतबार

काठमाडौँ । कलैया उपमहानगरपालिका-१ कटि पर्सा टोलबाट हराएकी करिब दुई वर्षीया बालिका बिन्दी कुमारी मण्डललाई प्रहरीले खोजीका क्रममा सकुशल फेला पारेको छ। मुकेश कुमार मण्डलकी छोरी बिन्दी शनिबार साँझ करिब ५:३० बजे घरको अगाडिबाट सम्पर्कविहीन भएकी थिइन्। बालिका हराएको जानकारी उनका हजुरबुवा मदन मण्डलले राति करिब ८:४५ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क, बारामा गराएका थिए।

सूचना प्राप्त भएलगत्तै प्रहरीले खोजी कार्य अघि बढाएको थियो। बालिकाको अवस्था पत्ता लगाउन रातभर विभिन्न समूह बनाएर प्रहरी परिचालन गरिएको थियो भने खोजीमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीसमेत खटाइएको थियो। प्रहरीका अनुसार आइतबार बिहान करिब ५:४५ बजे कलैया उपमहानगरपालिका–२६ सिस्वास्थित सडकबाट बालिका सकुशल फेला परेकी हुन्।

फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरी बिहान ११ बजे बालिकालाई उनका बुबा मुकेश कुमार मण्डल र हजुरआमा सावित्री मण्डलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बालिका हराएको सूचना प्राप्त भएपछि तत्काल खोजी टोली परिचालन गरी केही घण्टामै सकुशल उद्धार गरिएको घटनाले बालबालिका हराउने अवस्थामा तत्काल प्रहरीलाई जानकारी गराउनु र समन्वयमा खोजी अघि बढाउनुको महत्त्वसमेत देखाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै