मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या थप

Nagarik Sewa 4875+ समाचार ( )
२८ असार २०८२, शनिबार

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो । सेवा शुरुआत गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए ।

अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सहज हुने भन्दै मन्त्री पौडेलले थप विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एउटै बेडमा दुई जनासम्म भर्ना गर्नु परेकाले थपेर ग्रीन एरियामा १५ शय्या पुर्याइएको हो ।

यसअघि उक्त वार्डमा जम्मा आठ वटा मा बेड थिए । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्याका विरामी राखिने एल्लो एरियामा भने अब २० शय्या हुने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार