काठमाडौं । नेकपा एकीकृत समाजवादीमा विभिन्न जिल्लाका दर्जनौँ युवाहरू औपचारिक रूपमा प्रवेश गरेका छन्। मंगलबार पार्टी कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका दर्जनौँ युवाहरु अध्यक्ष माधव नेपालको हातबाट खादा, माला लगाएर प्रवेश गरेका हुन् । पार्टीमा प्रवेश गर्नेहरूमध्ये खोटाङ, दोलखा, उदयपुर, सिन्धुली, पर्सा, झापा, ललितपुर र कञ्चनपुरका युवा अगुवा तथा सक्रिय कार्यकर्ताहरू रहेका छन्। उनीहरू पूर्वमा नेपाली कांग्रेस, नेकपा एमाले तथा स्वतन्त्र पृष्ठभूमिबाट आबद्ध थिए।
पार्टी प्रवेश गर्नेहरूमा खोटाङका विशाल राई, सचिन राई, रबिन राई, गमिल राई, दोलखाका एकराज राई र देवेन्द्र राई, उदयपुर लिम्चुङबुङका सुवास, रमिल र सबिन राई, सिन्धुलीका दीपेन श्रेष्ठ, पर्साका जितलाल तामाङ, झापाका ठाकुरप्रसाद गजमेर, ललितपुरका सिव राई, र कञ्चनपुरकी अम्बिका रिझाललगायत दर्जनौँ युवाहरु आबद्ध भएका हुन् ।
पार्टीका एक नेताका अनुसार, 'यो प्रवेश केवल संख्यात्मक वृद्धि मात्र नभई गुणस्तरीय संगठन विस्तारको संकेत हो। देशभरि युवामाझ समाजवादी विचारप्रति बढ्दो आकर्षण देखिन थालेको छ।' पार्टीले नयाँ प्रवेशकर्ताहरूको लागि आगामी दिनमा संगठनात्मक प्रशिक्षण र स्थानीय तहमा जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिरहेको जनाएको छ।
यस किसिमको निरन्तर युवा आकर्षणले पार्टीको संगठनात्मक सुदृढीकरणमा योगदान पुर्याउने नेताहरूको विश्वास छ।