मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

१८.४० अंकले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

काठमाडौं। बिहीबार सेयर बजार परिसुचक नेप्से १८.४० अंक घटेर २४८७ अंकमा झरेको छ । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो । त्यस्तै समाज लघुवित्तको १०, युनिक नेपाल लघुवित्तको ७.३३, समता घरेलु लघुवित्तको ६.२५, अपर स्याङ्गेको ४.८७ तथा नेपाल पुनर्बीमाको ४.२१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार