मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

दैलेखबाट अपहरणमा परेको शिशु भेटियो; बच्चा लिएर भाग्दै गरेकी युवती प्रकाउ

Nagarik Sewa 4868+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

काठमाडौं। दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया भेटिएकी छिन्। शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ को लामिडाँडा जंगलबाट सोही गाउँपालिकामा पर्ने सिरवलकी अन्दाजी २० वर्षीया शर्मिला विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान ९ बजेतिर छिमेकी चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लामिडाँडाबाट एक युवती बच्चा लिएर भाग्दै गरेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए। त्यस लगत्तै पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बच्चाको अवस्था सामान्य रहको र युवतीले उक्त शिशु घरबाट आफूले नल्याएको दावी गरेकी छन्। 

गएराति ९ बजेतिर घरका सबै सुतेपछि घर पछाडि राखिएको खरमा आगो लगाएर षड्यन्त्रपूर्ण रुपमा बालिकाको अपहरण गरिएको अभिभावकको भनाई छ। खरमा आगो लागेको विषय बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर भएको थियो। त्यसपछि बमबहादुरका श्रीमान–श्रीमती छोराछोरीलाई सुतिरहेकै ठाउँमा छाडेर आगो निभाउन गएपछि अपहरणकारीले बालिकालाई लिएर गएका पाइएको छ। 

‘आगो निभएर उनीहरु घरमा आउँदा ओछ्यानमा छोरी थिइनन्,’ बमबहादुरका दाजु दिपकले भने, ‘खोजीकार्य गर्दा कतै भेटिएन। पराल र खरमा आगो लगाएर हामीलाई उता भुल्याएर कोही व्यक्तिले बालिका अपहरण गरेको शंका लागेपछि प्रहरीलाई खबर गरेका थियौँ।’ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार