हिमाली जिल्लामा उच्च हिमपात

Nagarik Sewa 4387+ समाचार ( )
१५ माघ २०८२, बुधवार

काठमाडौं। कर्णाली प्रदेशका मुगु, हुम्ला र डोल्पा जिल्लामा मंगलबार रातिदेखि भारी हिमपात भइरहेको  । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार हुम्लाका प्रायः सबै स्थानीय तहमा हिउँ परेको छ।

उहाँले दुईदेखि तीन फिटसम्म हिउँ परेकाले यातायात, हवाई सेवा र बिजुली बन्द भएको बताउनुभयो। ‘लामो समयपछि हिउँ परेकाले किसानहरू निकै उत्साहित छन्,’ उनले भने, ‘जमिनको सुख्खापन हट्दै गएको छ ।’ उहाँका अनुसार अहिले पनि सिमिकोट बजार पूरै हिउँले ढाकिएको छ । एयरपोर्टमा हिउँ जमेका कारण बन्द छ ।

यस्तै डोल्पामा हिउँ–पानी परिरहेको छ । डोल्पामा मंगलबार राति १२ बजेदेखि हिउँ पर्न सुरु भएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, डोल्पोबुद्ध, छार्काताङ्सो गाउँपालिकामा लगातार हिमपात भइरहेको बताउनुभयो। हिमपातका कारण हिमाली जिल्लामा चिसोले जनजीवन प्रभावित हुनुका साथै जुम्ला सडक खण्ड बन्द भएको उनको भनाइ छ।

यस्तै मुगुमा सदरमुकाम बाहेक सबै स्थानीय तहमा हिउँ परेको छ । मुगुमा चार स्थानीय तह छन्, चारै स्थानीय तहमै हिउँ परिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । खत्याड गाउँपालिकामा हिजो रातिदेखि निरन्तर वर्षा भइरहेको छ । मुगुका अधिकांश लेकाली माथिल्लो क्षेत्र खमाले, जिउका, गम्था, सेरी लगायतका स्थानहरूमा हिमपातसमेत भइरहेको छ । हिउँ नपरेका स्थानमा लगातार पानी परिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार