सर्वोच्चको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसक्योः उपसभामुख राउत

Nagarik Sewa 4507+ समाचार ( )
१७ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्चले जारी गरेको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको बताउनुभएको छ।  

उपसभामुख राउतले मुख्यमन्त्रीलाई २४ घण्टा भित्र विश्वासको मत लिन जारी गरेको परमादेशको पत्र सोमबार राति  साढे ८ बजे प्रदेशसभा सचिवालयमा आई सकेको बताउनुभयो। उपसभामुख राउतले भनिन् ‘प्रदेशसभा सचिवालयमा सर्वोच्चको पत्र आई सकेको छ, मुख्यमन्त्री कार्यालयको पत्रको प्रतीक्षामा हामी छौँ ।’ मुख्यमन्त्री कार्यालयबाट जति सक्दो चाँडै पत्र प्राप्त भए आफूहरू त्यही अनुसार प्रदेशसभा बैठक डाक्न तयार रहेको बताउनुभयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार