मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

डाक्टर बेन लिम्बुको नेतृत्वमा ललितपुरमा खुल्यो अत्याधुनिक स्तरको ग्लोबल आँखा अस्पताल

Nagarik Sewa 4875+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । काठमाडौंको बतीसपुतलीमा रहेको ग्लोबल आँखा अस्पतालले तेस्रो शाखा अत्याधुनिक सेवा सुविधासहित ललितपुरको महालक्ष्मीस्थानमा उद्घाटन गरेको छ। अस्पतालका संस्थापक डा. बेन लिम्बुका बुवा इन्द्र बहादुर लिम्बू र आमा गौमती लिम्बूले तेश्राे शाखाकाे उद्घाटन गरेका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. बेन लिम्बुले भने, "हामीले आँखाका विभिन्न समस्याका बारेमा जनचेतना फैलाउने काम गर्दै आएको छ, र विशेषगरी निशुल्क आँखास शिविरहरूको आयोजना गर्दै आएका छौं। यसले लाखौं मानिसलाई स्वास्थ्य सेवामा पहुँच पुर्याएको छ।" उनले अस्पतालका प्रमुख सेवाहरूमा चस्मा जाँच, जलबिन्दु जाँच, रेटिना जाँच र मोतिबिन्दुको शल्यक्रिया समावेश रहेको उल्लेख गरे।

ग्लोबल आँखा अस्पतालको दोस्रो शाखा पूर्वी इटहरीमा दक्ष चिकित्सकद्वारा सेवा प्रदान गर्दै आएको छ। अस्पतालले मोतिबिन्दु लगायत अकुलो प्लास्टिक शल्यक्रिया, रेटिना जाँच, चस्मा जाँच तथा अन्य आँखासम्बन्धी समस्यामा नियमित सेवा प्रदान गर्दै आएको छ।

डा. लिम्बुले थपे, "हामीले अत्याधुनिक मेसिनहरूको प्रयोग गर्दै आँखाको चाप जाँच, भिजुअल फिल्ड टेस्ट, ओ.सी.टी., टोनोमिटर जस्ता उपकरणहरूको माध्यमबाट उपचार गर्दै आएका छौं।" यसका साथै, अस्पतालमा आँखाको सुन्दरता बढाउने अकुलो प्लास्टिक शल्यक्रिया, आँखाको क्यान्सर उपचार, र आसु नली सम्बन्धी उपचार पनि उपलब्ध छन्।

डा. लिम्बूका अनुसार, अस्पतालले बालबालिकाको आँखाको परीक्षण कार्यक्रम ३ वर्ष अघि सुरु गरेको हो र यस कार्यक्रम अन्तर्गत ३०,००० भन्दा बढी बालबालिका लाभान्वित भइसकेका छन्। विशेष गरी, छनोट भएका बालबालिकालाई अस्पतालले निशुल्क उपचार प्रदान गर्दै आएको छ।

ग्लोबल आँखा अस्पतालमा डा. बेन लिम्बू, डा. समता शर्मा, डा. निशा श्रेष्ठ र डा. नबिना सुवालजस्ता विशेषज्ञ चिकित्सकले सेवा दिने छन्।

अस्पतालमा बालबालिका र वृद्धहरूको लागि विशेष आँखा उपचार कार्यक्रम पनि सञ्चालन भइरहेको छ। आँखा रोग विशेषज्ञ डा. समता शर्माले भने, "हामीले बच्चा र वृद्ध दुबैका लागि विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छौं। साथै, अस्पतालले अन्तर्राष्ट्रिय स्तरको आँखा स्वास्थ्य अनुसन्धान र जर्नल प्रस्तुतीकरण पनि गरिरहेको छ।"

अस्पतालको तेस्रो शाखाको उद्घाटन  एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । जसमा  उद्घाटन कार्यक्रममा पूर्व मन्त्री, सांसद, र ५०० भन्दा बढी सेवाग्राहीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै