५.१० अंकले बढ्यो नेप्से

Nagarik Sewa 4387+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से बुधबार ५.१० अंक बढेर २५८१.६० को विन्दुमा उक्लिएको छ । सामान्य अंकले बढेको बजारमा १५० कम्पनीको सेयरमूल्य बढेको छ । ८८ कम्पनीको सेयरमूल्य घटेको छ ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको ९४ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

त्रिशुली जलविद्युत् कम्पनी, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, जोशी हाइड्रोलगायत कम्पनी उच्च कमाउने कम्पनीमा रहे। उपसूचक समूहतर्फ बैंकिङ समूह, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, म्युचअल फण्ड तथा अन्य समूहको सेयरमूल्य घटेको छ । बाँकी समूहको सेयरमूल्य बढेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार