मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

रेसुङ्गा पार्क बन्यो आन्तरिक पर्यटकको रोजाइको केन्द्र

Nagarik Sewa 4868+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

काठमाडौं । दसैँ–तिहारको बिदाको समयमा रेसुङ्गा पार्क घुम्न जानेको सङख्यामा वृद्धि भएको छ ।  धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको गर्जुरामा निर्माण भएको पार्कमा बिदाको समयमा बालबालिकासहित घुम्न जानेहरुको प्रमुख स्थल बन्ने गरेको छ ।

केही महिना पहिले सुनसान रहेको पार्क अवलोकन गर्न आउनेको सङख्या दैनिक बढ्दै गएकोे रेसुङ्गा नगरपालिकाले जनाएको छ । पार्क घुम्न पुग्नुभएकी विष्णु गिरीले पार्क निकै रमाइलो लागेको बताउनुभयो । 

यहाँ आइसकेपछि बालबच्चा घुम्नुका साथै खेल्ने स्थान भएकाले आफूलाई पनि आनन्दको अनुभूति भएको उहाँको भनाइ छ । पार्कमा बालबच्चा घुम्ने र खेल्ने राम्रो व्यवस्था भएकाले उनीहरुको खुसीमा आफूहरु पनि खुसी हुने गरेको गुल्मी दरबार गाउँपालिकाका शारदा टण्डनले बताउनुभयो  ।

पार्कभित्र भ्यूटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चाबच्चाको लागि प्लेजोन, पिकनिक स्पोर्ट, पैदल मार्ग, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डस्टबिन, पार्किङलगायतका निर्माणले गर्दा पार्क चिटिक्क बनेको छ । 

पार्क सञ्चालनको करिब आठ महिनाको अबधीमा २० हजार बढीले अवलोकन गरेका छन् । जसबाट करिब सात लाख रुपियाँ राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । गत साउन महिनामा तीन हजार एकसय जनाले पार्क अवलोकन गरेका थिए । जसबाट एक लाख ५५ हजार राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । 

गत वर्षको फागुन महिनादेखि नगरपालिकाले चार जना कर्मचारी खटाएर पार्क सञ्चालनमा ल्याएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।  नगरपालिकाले चालु आर्थिक वर्षमा पार्कबाट २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । पार्कको अवलोकन गर्नका लागि प्रवेश शुल्क विदेशी नागरिकका लागि १५०, नेपाली नागरिकका लागि ५० र ज्येष्ठ नागरिक साथै विद्यार्थीका लागि २५ रुपियाँ कायम गरिएको जनाएको छ ।

पार्कको पाँच करोड ५९ लाख ५३ हजार ५०१ रुपियाँको लागतमा निर्माण भएको छ । तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । सदरमुकाम तम्घासदेखि पार्कसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार