०.१४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4507+ समाचार ( )
२४ आश्विन २०८२, मङ्गलबार

काठमाडौं। साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.१४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ। नेप्सेमा आज ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ। 

आज बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका हुन्। यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाए। आज सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। यस कम्पनकिो ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार