मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

दिव्य कलेजमा राष्ट्रिय गणित ओलम्पियाडको बन्द प्रशिक्षण सुरु

Nagarik Sewa 4866+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

काठमाडौं । काठमाडौं तीनकुने स्थित दिव्य कलेजमा राष्ट्रिय गणित ओलम्पियाडको बन्द प्रशिक्षण सुरु भैरहेको छ।  बन्द प्रशिक्षण सुरु हुनु अघि कलेजको सभाहलमा सम्पन्न भएको कार्यक्रममा सभापति नेपाल गणित संघका केन्द्रिय अध्यक्ष डा.बिनोद प्रसाद पन्त,प्रमुख अतिथि दिव्य कलेजका अध्यक्ष नारायण काफ्ले,अतिथिहरुमा कलेजका उपप्राचार्य छत्र न्यौपान्ने,न्यू मोडेल माध्यमिक स्कुल पोखराका प्राचार्य लक्ष्मण पोख्रेल ,क्रीयटिभ एकेडेमी किर्तिपुरका उपप्राचार्य खगेन्द्र गौतम ,राष्ट्रिय गणित ओलम्पियाडका केन्द्रिय उपाध्यक्ष हरि कडेल,केन्द्रिय कोषाध्यक्ष नारायण पौडेल ,तालीमका मुख्य प्रशिक्षक इन्जिनियर प्रजित अधिकारी ,प्रशिक्षक कृतेश ढकाल र तालीम सहजकर्ता विनित बरालको लगाएतको उपस्थित रहेको थियो।

कार्यक्रम संयोजक नेपाल गणित संघका महासचिव तथा दिव्य कलेजका निर्देशक छवि ढुंगानाको जानकारी अनुसार देशभर बाट करिब तीन हजार भन्दा बढी बीस बर्ष मुनिका माध्यमिक तहका बिद्यार्थीबाट जिल्ला स्तरीय  ,प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय छनौट परीक्षाबाट उतिर्ण भइ  एकचालीस जना बिद्यार्थीलाइ दश दिनको करिब साठी घन्टा बन्द प्रशिक्षणमा राखि छ घन्टाको अन्तिम परीक्षाबाट उत्कृष्ट छ जना बिद्यार्थी  छनौट गरि जुलाई एघार देखी बाइस तारीख सम्म अस्ट्रेलियाको सनसाइन कोस्टमा सम्पन्न हुन गैरहेको ६६औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गराइनेछ।

कार्यक्रममा छनौट भएर आएका  बिद्यार्थीलाइ कलेजका तर्फबाट अध्यक्ष नारायण काफ्ले ,उपप्राचार्य छत्र न्यौपान्नेले स्वागत गर्नुको साथै सफलताको शुभकामना  दिनुभएको थियो । कलेजले बन्द प्रशिक्षणमा आएका बिद्यार्थीलाइ निशुल्क स्टेशनरी प्रदान गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार