मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना

Nagarik Sewa 4875+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

काठमाडौं । देशका धेरै स्थानमा आज (साउन २८) वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस दिन अपराह्न र साँझ काठमाडौं उपत्यका र वरिपरि ‘ठूलो’ वर्षाको सम्भावना रहेको पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले औँल्याएका छन् । “रातिको समयमा मुग्लिन–पोखरा–बेनी राजमार्गको ५० किमि उत्तर र १० किमि दक्षिणसम्मको क्षेत्रभित्र भारी वर्षा र आजै राति कर्णाली (जुम्ला, कालीकोट, सुर्खेत, जजरकोट, दैलेख, अछाम) क्षेत्र र वरिपरि ठूलो वर्षा देखिन्छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यी क्षेत्रमा शुक्रबार (साउन २९) बिहानसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न उनले सुझाव दिएका छन् ।

दिउँसो मध्यम, राति धेरै भारी वर्षाको सम्भावना

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि कोसी र मधेसका थोरै ठाउँमा तथा अरू प्रदेशका अधिकांश स्थानमा वर्षाको ‘राम्रो’ सम्भावना रहेको जनाएका छन् ।

“आज दिउँसोदेखि नेपालभरि वर्षा हुने देखिन्छ, कोसी र मधेसको थोरै ठाउँमा र अरू प्रदेशको अधिकांश ठाउँमा वर्षाको राम्रो सम्भावना छ,” उनले फेसबुकमा लेखेका छन्, “पश्चिम नेपालको पहाडी भेगमा भारी वर्षाको सम्भावना छ बेलुकादेखि भोलिसम्म (वाग्मतीदेखि सुदूरपश्चिमसम्म) ।” हाल देशभर मनसुनी वायुको प्रभाव छ । “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ,” महाशाखाले भनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै