मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

४०.४७ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4866+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

काठमाडौं। बुधबार सेयर बजार परिसूचक (नेप्से) ४०.४७ अंकले बढेर २६२३.४७ अंकमा पुगेको छ। बजार परिसूचक बढे पनि कारोबार भने घटेको छ । मंगलबार ५ अर्ब माथि रहेको कारोबार आज ४ अर्ब १९ करोडमा सीमित भएको हो ।

आज बजारमा २४३ वटा सेयर स्क्रिपमध्ये २३१ वटाको मूल्य बढेको छ भने १२ वटाको मूल्य घटेको छ । आज बजारमा सबै समूहको सूचक बढेको छ । त्यसमध्ये जीवन बीमा र अन्य समूहको मूल्य २ प्रतिशत भन्दा धेरैले बढेको छ । उत्पादनमूलक, ट्रेडिङ र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशत भन्दा कमले बढेको छ भने बाँकी समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ ।  

आज पनि बजारमा कुनै पनि शेयरमा नकारात्मक र सकारात्मक सर्किट लागेको छैन । आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी माउन्टेन हाइड्रो, स्वेतगंगा, मनकामना इन्जिनियरिङ रहेको छ । ती कम्पनीहरुको शेयर ५ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, उपकार लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको शेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ । 

कारोबार रकमका आधारमा आज पनि कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडि रहेका छन् । कारोबार संख्यामा समेत हिमालयन रिइन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर अगाडि रहँदा कारोबार भएको शेयर संख्या सानिमा ग्रोथ फण्ड र हिमालय रिइन्स्योरेन्स कम्पनी अगाडि छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै