मुख्य समाचार
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित | आफ्नो सरकार आफैँले नढाल्नुहोला: ध्रुवराज राई | वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त | १७ हजार फिट तल खस्दा पनि विमान कसरी भयो सुरक्षित अवतरण ? | बाघको आक्रमणबाट एकजनाको मृत्यु | सामाजिक सञ्जाल प्रयोगमा कर्मचारीलाई कडाइ | एनसेलका ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज | छुट्टै संसदीय समिति बनाउने तयारीमा राष्ट्रियसभा | दुईवर्षे कुलिङ पिरियडमा नियुक्ति लिए पेन्सन रोकिने | पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्न ओलीको सुझाव |

उज्यालो नेपाल नामक पार्टी खोल्ने अन्तिम तयारीमा कुलमान :सुमनाको असहमति

Nagarik Sewa 4913+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

काठमाडौं । लामो समयको गृहकार्यपछि कुलमान घिसिङले पार्टी गठन गर्न लागेका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री रहेका घिसिङले उज्यालो नेपाल पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने गृहकार्य थालेका हुन्।

यो पार्टीको संयोजकमा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्याय रहनेछन् भने सरकारमा मन्त्री रहेकोले कुलमान भने तत्काल उज्यालो नेपाल पार्टीमा सक्रिय हुने छैनन्। उपाध्यायलाई संयोजक तोकेर ५१ जना केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि निवेदन दिने तयारी भइरहेको हो।

उज्यालो नेपाल अभियान सञ्चालन गरिरहेका कुलमानले नयाँ पार्टी बनाउन लागेका हुन्। यो अभियानमा जोडिएका जितराम लामाले उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरिएको सेतोपाटीलाई जानकारी दिए। ‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने। यो पार्टीमा रास्वपा परित्याग गरेकी निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठ पनि रहनेछिन्। तर ५१ सदस्यीय समितिमा अहिले उनी रहने वा नरहने यकिन भइसककेको छैन।सुमनाले उज्यालो नेपालभन्दा पनि नेपाल विकास दल, नेपाल जनसेवा पार्टी नाम राख्न सुझाव दिएकी थिइन्।

तर कुलमान सुरूदेखि नै उज्यालो नेपाल नाम राख्नुपर्नेमा थिए। लोडसेडिङ हटाएको र उज्यालो नेपाल ब्राण्ड रहेको भन्दै उक्त नाम नै राख्नुपर्ने उनको भनाइ थियो। तर सुमनाले उज्यालो नेपाल नाम राख्दा व्यक्तिकेन्द्रित पार्टीजस्तो हुने र त्यसले सामूहिकताको भावना ल्याउँदैन भन्दै फरक फरक नाम सुझाव दिएकी थिइन्। चुनाव चिह्न पनि बिजुलीको चिम राख्न नहुनेमा उनी थिइन्।

‘सबै समूह, वर्ग, क्षेत्र र विशेषगरी सामाजिक मुद्दाहरूलाई एकीकृत गर्दै निकासका लागि एकल नेतृत्वबाट हटेर सामूहिक नेतृत्वको अवधारणामा जान सकिन्छ कि? पार्टीलाई दिशा दिन एक नेता हैन एउटा परिषद् बनाए कस्तो होला? कुनै एक नायकको अनुहार अगाडि राख्नको सट्टा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन्।

नाम के राख्ने भन्नेबारे आइतबार पनि छलफल भएको थियो।  यो छलफलमा रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीमा रहेका केही नेताहरू पनि सहभागी थिए। छलफलमा उनीहरूले पनि उज्यालो नेपाल नाम राख्न जोड दिए। ‘नाउपाका कतिपय साथीहरू पनि छलफलमा आउनुभएको थियो। उहाँहरूले उज्यालो नेपाल नै पार्टीको नाम राख्न उपयुक्त हुन्छ भन्नुभयो,’ स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहनिकटले पनि उज्यालो नेपाल नै उपयुक्त हुन्छ भन्नुभएकोले त्यही नाम राख्ने सहमति जुट्यो।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार