कैलाली । बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीका अनुसार बिहान करिब ५ बजे चौधरीसहित तीनजना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अन्य दुईजनाले भने भागेर ज्यान जोगाएका थिए ।
बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक शाहीले जानकारी दिए ।