काठमाडौं। काठमाडौंको बुद्धनगरमा नेपाल प्रहरीका ३० वर्षीय सहायक हवल्दार बलबहादुर थापामगर मृत भेटिएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए।
काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा लगेकी थिइन्। अस्पताल पुग्दा उनको मृत्यु भइसकेको बताइएको छ। उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए।