स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय

Nagarik Sewa 4387+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं। गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ। सरकारले स्वास्थ्य बिमा ऐन २०७४ संशोधन गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन खोजेको हो।

‘स्वास्थ्य बिमा ऐन २०७४ मा संशोधन गरी स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रथम सेवा विन्दुको प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने गरी बोर्डले सम्झौता गर्ने व्यवस्था मिलाउने’ मन्त्रिपरिषदको निर्णय छ।

जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्ने कुरा बताउँदै आउनुभएको थियो। एक मन्त्रीले दिएको जानकारीअनुसार स्वास्थ्य बिमा ऐन संशोधन गरी स्थानीय तहमा कम्तिमा एक वटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै