तोलामा १२ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९ सय २५ मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै