मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल

Nagarik Sewa 4875+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

 धनगढी । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताएका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताए ।

उनले राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको समेत बताए । ‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ,’ उनले थपे, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।’ ‘अहिले देशका कुशासन व्याप्त छ । भ्रष्टाचार व्याप्त छ । त्यसलाई अन्त्य गर्ने काममा यो पार्टीले अगुवाइ गर्नेछ,’ उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा जबसम्म इमान्दारी हुँदैन, समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता हुँदैन, तबसम्म देश बन्ने अवस्थामा पुग्दैन । हामीलाई देश र जनताको चिन्ता छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै