मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |
मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |


पर्यटक आगमनमा भारतीय र चिनियाँ घट्दै

Nagarik Sewa 4382+ समाचार ( )
१६ मंगशिर २०८२, सोमबार

काठमाडौं । सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटकलाई नेपालले स्वागत गरेको छ । दुई छिमेकी मुलुक भारत र चीनबाट पर्यटकको आगमन निरन्तर घट्दै गएको देखिन्छ । अन्य क्षेत्रबाट भने पर्यटक आगमनमा सुधार हुँदा गत वर्षको यसै अवधिको तुलनामा बढेको बोर्डको तथ्यांक छ ।

तथ्यांक अनुसार सन् २०२४ को ११ महिनामा पर्यटक आगमन १० लाख ५५ हजार ५२० रहेको थियो । पर्यटक आगमन सन् २०२५ मा ०.४ प्रतिशतले मात्र बढेको छ ।

भारतीय पर्यटकको आगमन निरन्तर घट्दा सार्क मुलुकबाट हुने आगमनमा ३.९ प्रतिशतको गिरावट आएको छ । ११ महिनामा सार्क क्षेत्रबाट ३ लाख ६८ हजार ३८१ पर्यटक नेपाल आएका छन् । गत वर्ष सन् २०२४ को यसै अवधिमा ३ लाख ८३ हजार ४६६ पर्यटक यस क्षेत्रबाट आएका थिए ।

अन्य एसियाली मुलुकबाट ११ महिनामा २ लाख २५ हजार पर्यटक भित्रिएका छन् । जुन सन् २०२४ को तुलनामा ०.२ प्रतिशत माथि हो । अष्ट्रेलिया/न्यूजिल्याण्डबाट ४८ हजार ४३० जना पर्यटक आएका छन् । जुन अघिल्लो वर्षका तुलनामा १२.६ प्रतिशतको सुधार हो । अमेरिकी पर्यटक १ लाख २७ हजार १३७ आएका छन् । जुन १.१ प्रतिशतको सुधार हो ।

मध्यपूर्वी क्षेत्रबाट १९ हजार ५७५ पर्यटक आएका छन् । यो २३.८ प्रतिशतको सुधार हो । अफ्रिकाबाट ३ हजार ८९१ जना पर्यटक नेपाल आएका छन् । यो ४.९ प्रतिशतको गिरावट हो । अन्य क्षेत्रबाट ५७ हजार ७८३ पर्यटक आएको बोर्डले जनाएको छ । जुन ४.४ प्रतिशतको सुधार हो ।

११ महिनामा धेरै पर्यटक भित्रने मुलुकमा भारत अगाडि

भारतीय पर्यटकको आगमन दर घट्दो क्रममा छ । तर, संख्याको हिसावले भने भारत अगाडि छ । ११ महिनामा २ लाख ६२ हजार ३४५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अघिल्लो वर्ष भारतीय पर्यटकको संख्या ११ महिनामा २ लाख ९३ हजार २३२ रहेको थियो । अमेरिका दोस्रो स्थानमा छ । यस मुलुकबाट १ लाख ५ हजार २३९ पर्यटक नेपाल आएका छन् । गत वर्ष अमेरिकी पर्यटकको संख्या १ लाख ४ हजार २२० थियो ।

तेस्रो स्थानमा चीन छ । चीनबाट ८६ हजार ८ सय पर्यटक आएका छन् । गत वर्ष चिनियाँ पर्यटक ९२ हजार ८४३ रहेका थिए । चौथो स्थानमा बेलायत छ । जहाँबाट ५४ हजार ४५० पर्यटक आएको देखिन्छ ।

बंगलादेशबाट ५० हजार ९४०, अष्ट्रेलियाबाट ४४ हजार ३७७, श्रीलंकाबाट ३६ हजार ९६८, जर्मनीबाट २८ हजार ९७५, थाइल्याण्डबाट २५ हजार ८२४ र फ्रान्सबाट २३ हजार ५०२ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नोभेम्बरमा मात्र भित्रिए १ लाख १६ हजार पर्यटक

सन् २०२५ को नोभेम्बरमा मात्र एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।

संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक भित्रिएका हुन् ।

क्षेत्रगत रुपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्य पूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार