मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

नेकपा एस सचिवालय बैठकले गर्यो ५ निर्णय

Nagarik Sewa 4868+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको असोज २४ र २६ काठमाडौंमा सम्पन्न गते एघारौँ बैठकले पार्टी एकताका चलिरहेको वार्तामा निष्कर्षमा पुर्‍याउनेदेखि फागुन २१ मा तोकिएको निर्वाचन तयारीमा जुट्ने निर्णय गरेको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय समेत गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन दशौँ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । एकीकृत समाजवादीले नेता बेदुराम भुसालको नेतृत्वमा नेताहरू प्रकाश ज्वाला र प्रमेश हमाल रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।  

त्यस्तै एकीकृत समाजवादीले फागुन २१ को निर्वाचन घोषित मितिमै निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा गर्न सरकार सरोकारवाला सबैको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।  ‘प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा जुट्ने’, उपाध्यक्ष ज्वालाले भने,‘पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने ।’

त्यस्तै निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरूको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सो पार्टीले सबैसँग अपिल गरेको छ । मतदाता नाम दर्ता गर्न सक्रियरुपमा लाग्न पार्टी र जन वर्गीय संगठनका सबै कमिटीहरूलाई निर्देशन समेत दिएको नेता ज्वालाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै