मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

जेनजी आन्दोलनका क्रममा भागेका ५ हजार १३ जना कैदीबन्दी अझै फरार

Nagarik Sewa 4875+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं। गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा फरार भएका ९ हजार ४४१ कैदीबन्दी फिर्ता भएका छन्। फरार १४ हजार ५५४ कैदीबन्दीमध्ये बाँकी ५ हजार १३ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उहाँले यस्तो जानकारी गराउनुभएको हो। 

फरार कैदीलाई नियन्त्रणमा लिनका लागि सम्बन्धित निकायहरूमा परिपत्र भइसकेको उहाँले बताउनुभयो। साथै फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन विशेष अपरेसन चलाउने पनि उहाँले बताउनुभयो। गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको जानकारी दिए । साथै २४ भदौको विध्वंसमा संलग्न रहेको आरोपमा ४२९ जना पक्राउ परेको र विभिन्न कसुरमा १६८ वटा मुद्दा दर्ता भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार