पिकअप भ्यान दुर्घटना हुँदा ११ जनाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौं। भारतको राजस्थानस्थित दौसा जिल्लामा पिकअप भ्यान दुर्घटना हुँदा ७ बालबालिका र ४ महिलागरी ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । बुधबार बिहान पिकअप भ्यान सर्भिस लेनमा पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो । ज्यान गुमाउने सबै पिकअप भ्यानमा यात्रा गरिरहेको यात्रु हुन् ।

पीटीआईका अनुसार मनोहरपुर नजिकै भएको दुर्घटनामा परेका मानिसहरू खाटु श्याम र सालासर बालाजी मन्दिरको दर्शन गरेर उत्तर प्रदेशको इटाहस्थित आफ्नो गाउँ फर्किरहेका थिए । पिकअप भ्यानमा २० जना बढी मानिसहरू यात्रा गरिरहेका थिए । घाइतेको उपचार भैरहेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार