समाजवादी मोर्चाद्वारा भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना

Nagarik Sewa 4401+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

काठमाडौं। वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ। गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको छ । 

प्रदर्शनमा ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद’, ‘भ्रष्टाचारलाई कारबाही गर’, ‘शिक्षकहरूको समस्या समाधान गर१’ जस्ता नारा प्रमुख रूपमा उठाइनेछन्। साथै, ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद’, ‘महँगी र कालोबजारी नियन्त्रण गर’ जस्ता नाराहरूसमेत प्रदर्शनमा गुन्जाइने मोर्चाले जनाएको छ । 

मोर्चाले सुशासन कायम गर्न, बेरोजगारी समस्या समाधान गर्न, महिलामाथिको हिंसा अन्त्य गर्न र सहकारी तथा वित्तीय क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई दबाब दिने बताएको छ। प्रदर्शनमा सहभागीहरू गणतन्त्रको रक्षा, भ्रष्टाचारविरुद्धको कारबाही, चर्को व्याजदर नियन्त्रण र श्रमिक वर्गका मुद्दाहरू उठान गर्नेछन्। प्रदर्शनका नाराहरु बुधबारको मोर्चाको बैठकले तय गरेको हो। बृहत् प्रदर्शनमा १ लाख जना समर्थकको सहभागिता रहने बताइएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै