इरानका तीनवटा आणविक केन्द्रमा अमेरिकाद्वारा आक्रमण

Nagarik Sewa 4387+ समाचार ( )
८ आश्विन २०८२, आइतबार

काठमाडौं। अमेरिकाले इरानका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको छ। अमेरिकाले फोर्दो, नतांज र इस्फहानमा आक्रमण गरेको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रहरूमा आक्रमण गरेको बताएका हुन्। उनले सबै अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएको र सुरक्षित रूपमा घर फर्किरहेको बताएका छन्। डोनाल्ड ट्रम्पले इरानमा गरिएको सफल सैनिक अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने बताए।

आक्रमणबारे इरानी अधिकारीहरूले पनि पुष्टि गरेका छन्। इस्फहानका सुरक्षा उपगभर्नर अकबर सालेहीले नताञ्ज र इस्फहानमा धेरै विस्फोटहरूको आवाज सुनिएको उल्लेख गरे। उनले भने, ‘हामीले इस्फहान र नताञ्जका आणविक केन्द्रहरू नजिक आक्रमणहरू देख्यौं।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार