काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले आर्थिक वर्ष ०८०र०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको बताउनुभयो। सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको पौडेलको छ । त्यस्तै खर्चतर्फ ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रुपैयाँ खर्च भएको छ भने ३२ लाख ८७ हजार १६४ रुपैयाँ पार्टी घाटामा रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।
पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा गरेको खर्च विवरण उल्लेख छ ।