मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

वैदिक नववर्ष ५०९० शुरु

Nagarik Sewa 4881+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं ।  वैदिक वर्ष ५०९० लागको छ। आरम्भ मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन्। त्यसैअनुरूप यसपटक मार्गशीर्ष शुक्ल प्रतिपदामा वैदिक नववर्ष परेको हो।

सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ। आइतबार पाँच वर्षे युगको पाँचौ वर्ष  वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन भएको वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिए।

‘सौरमानले उत्तरायणको आरम्भ सबैभन्दा छोटो दिन आगामी पौष ६ गते (२१ डिसेम्बर) मा हुन्छ’, उनले भने, ‘त्यसको नजिकको शुक्लपक्षको प्रतिपदामा नयाँवर्ष शुरु भएको हो।’

वैदिक परम्परामा नयाँ वर्षको आरम्भकै आसपास ल्होसार र माघी जस्ता नयाँ वर्ष मनाइन्छ। शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको बताइन्छ। स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक पात्रो प्रकाशन गर्दै आएको छ।

नयाँ वर्षको अवसरमा बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौँडा ब्रह्मपुरीस्थित स्वाद्ध्यायशालाले कार्यक्रम गर्दैछ। बिहान ११ बजे हुने कार्यक्रममा वैदिक नववर्ष र कालगणनाबारे चर्चा तथा प्रश्नोत्तर हुने कौण्डिन्यायनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार