मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सिमलतालमा भारतीय मिनी ट्रक दुर्घटना

Nagarik Sewa 4875+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौं। मुग्लिन-नारायणघाट सडक खण्डस्थित सिमलतालमा भारतको यूपी ३२ जेडएन ७८८३ नम्बरको मिनी ट्रक दुर्घटना भएको छ। भारतबाट काठमाडौं आउँदै गरेको ट्रक चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा सडकबाट त्रिशूली नदी किनारमा खसेको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार उक्त दुर्घटना गएराति १०ः२५ बजे भएको थियो। मेवा लोड भएको उक्त ट्रक सिमलतालमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७०/८० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।

ट्रकका चालक भारतको लखनउका २१ वर्षीय आशिक यादव र सहचालक सोही स्थानका २० वर्षीय उत्तर सिंह दुवै सामान्य घाइते रहेको एसपी सुवेदीले जानकारी दिए। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। ट्रक त्रिशूली नदी किनारमै रहेको र दुर्घटनाका कारण सडक अवरूद्ध नरहेको एसपी सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै