चौथो दिन पनि बढ्यो सुनको भाउ

Nagarik Sewa 4392+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।   नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि बढ्न थालेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार