बालसुधार गृहमा झडप

Nagarik Sewa 4507+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

विराटनगर। मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ राखिएका बालबिज्याइँकर्ताबिच झडप हुँदा १ जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन्। बाल बिझ्याइँकर्ताहरुलाई अध्ययन–अध्यापनसमेत गराइने सुधार गृहमा बुधबार दिउँसो साढे १२ बजे झडप सुरु भएको हो।

घाइते हुनेमा हिरणकुमार मण्डल रहेका छन् । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार अहिले झडप नियन्त्रणमा आइसकेको छ । बुधबार सुधार गृहबाट बालबिज्याइँकर्ता भाग्न खोजेपछि रोक्ने क्रममा झडप भएको चिमरियाले बताए । 

बालसुधार गृहमा अहिले २४९ जना बालकहरु राखिएका छन्। विभिन्न अपराधमा मुछिएर अदालतबाट दोषी ठहर भएका तथा पुर्पक्षका लागि थुनामा पठाइएका बालकहरुलाई यहाँ राख्ने गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार