मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

देशै कब्जा गरिसक्यौं भने जसरी विचारविहीन मानिस सामाजिक सञ्जालमा रमाइरहेका छन्ः संयोजक प्रचण्ड

Nagarik Sewa 4874+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताउनुभएको छ।

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो। प्रचण्डले सोसल मिडियाहरूमा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजसरी सहर बजारमा हल्ला चलाइएको चर्चा गर्नुभयो।

अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ । सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।

उहाँले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गर्नुभयो। प्रचण्डले अहिलेको समय सूचना र प्रविधि (आईटी) र एआईको भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो।

‘हामीले विचार गर्नुपर्छ । यो समय आइटीको हो । एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइराखेको छ । तर, त्यो सबैको प्रभाव, प्रभुत्व, स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ । उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग हुने गरेको छ,’ प्रचण्डले भने, ‘हामीलाई लाग्छ, मोवाइल आफूले चलाइराखेको छु, आफूले समाचार पोष्ट गरिराखेको छु । तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै छ । उनीहरूले आफूले चाहेअनुसार नै बनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार