मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

छैठौं शुभकामना भेट्रान्स दौड सम्पन्न

Nagarik Sewa 4868+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

काठमाडौं । चौधौं ‘गितिमय सांगीतिक साँझ’को तयारीसँगै छैठौं शुभकामना भेट्रान्स दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सुन्धारा, रत्नपार्क, जमल, केशरमहल, दरबारमार्ग, सहिदगेट हुँदै पुनः रंगशालामै आएर समाप्त भएको थियो। बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुले सहभागिता जनाएका थिए।

५० वर्ष माथि पुरुषतर्फ जापानका मिजुकी मात्सुजुकी प्रथम, नेपालका राजेश महर्जन दोस्रो र रामकुमार रायमाझी तेस्रो भए। ३५ वर्ष माथि पुरुषतर्फ दिनेेश महर्जन पहिलो, सुनिल महर्जन दोस्रो र नवराज कार्की तेस्रो भए।

खुला पुरुषतर्फ आयुष चाम्लिङ, सुनज विक र अभिनारायण अधिकारी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा परे। त्यस्तै, ३५ वर्ष माथि महिलातर्फ कल्पना महर्जन प्रथम, चारु अर्याल दोस्रो र उर्मिला शाक्य तेस्रो स्थानमा रहे।

६५ वर्ष माथि पुरुषतर्फ जापानका नोरी हिकोवातान्ने विजेता बने भने नेपालका पुष्पलाल श्रेष्ठ दोस्रो भए।७० वर्ष माथि पुरुषतर्फ मंगलदास तण्डुकार र गजेन्द्र लाल प्रधानले क्रमशः पहिलो र दोस्रो स्थान हात पारे।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि किर्तिमानी धावक बैकुण्ठ मानन्धर र विशेष अतिथि बुद्धवीर लामाले पुरस्कार प्रदान गर्नुभयो। प्रतियोगितामा करिब १३० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार