मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको कार्यालयमा तोडफोड र हातपात

Nagarik Sewa 4866+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको समूहबीच आपसमा विवाद हुँदा काठमाडौंको नक्सालस्थित उनको कार्यालयमा तोडफोड र हातपात गरिएको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बुधबार (मंसिर ३) साँझ करिब ६ बजे ढुंगाना समूहका केही व्यक्तिहरू छलफल गर्ने भनेर त्यहाँ पुगेका थिए । 

परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले उनकै समूहबीच आपसमा विवाद भएको बताए । “उहाँहरू आफू आफूबीच विवाद भएपछि तोडफोड र सामान्य हातपात भएको हो । त्यसपछि प्रहरी पठाएका थियौँ,” उनले भने ।

कार्यालय तोडफोड र हातपात गर्ने कुनै पार्टीका कार्यकर्ता नभई ढुंगाना समूहकै साथीहरू रहेको खुलेको प्रहरीले जनाएको छ ।  आक्रमणपछि ढुंगानाले आफ्नो कार्यालय र साथीहरूमाथि हातपात भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गरेका थिए ।  ढुंगानाले ‘गरी खान देऊ’ नामक समूह घोषणा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार