मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

जेनजी प्रदर्शनमा जेलबाट भागेको भन्दै रविलाई मतदाताको प्रश्नैप्रश्न

Nagarik Sewa 4875+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

काठमाडौं । चितवन–२ को घरदैलो कार्यक्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई एक मतदाताले जेनजी आन्दोलनको विषयमा प्रश्न उठाएका छन् ।  ती मतदाताले गएको भदौ २३ र २४ को आन्दोलनमा लामिछानेसँगै धेरै कैदीबन्दी बाहिर निस्किएको र आन्दोलनको नेतृत्व पनि गरेको भन्दै प्रश्न गरेका हुन् ।

 “जेनजी आन्दोलनका क्रममा तपाईं बाहिर निक्लिनुभयो, धेरै कैदीबन्दी पनि निक्लिए । करिबकरिब तपाईंले नै नेतृत्व गरेको भन्ने चर्चा छ । सत्य कुरा के हो?” ती मतदाताले प्रश्न गरे ।  जवाफमा लामिछानेले आफ्नो कुनै पावर–पहुँच नभएको भन्दै जेल जोगाएर बसेको मान्छेलाई जबर्जस्ती पत्र थमाएर जानुस् भनेर पठाएको दाबी गरे । 

“त्यसबेला आन्दोलनकै बीच बयान दिन जाने म एक्लो कैदीबन्दी थिएँ । पाँचवटा फलामे ढोकाभित्र बस्नुपर्छ कैदीले । मेरो के पहुँच थियो र ? उसले त जेल जोगाएको रहेछ भनेर आयोगका प्रमुख र जेलरले नै भन्नुभएको थियो,” लामिछानेले भने, “अरु भागेर गए, म आन्दोलनको हुलमा गएँ । बाँकी कुरा उमेर र राजनीतिक चेतनाका रूपमा यति परिपक्व हजुरको विवेकलाई छाडेँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै