मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

भित्री वस्त्रमा कोकिन लुकाएर आएकी ब्राजिलियन महिला त्रिभुवन विमानस्थलमा पक्राउ

Nagarik Sewa 4875+ समाचार ( )
२४ श्रावण २०८२, शुक्रबार

काठमाडौं। भित्री वस्त्रमा कोकिन लुकाएर नेपाल आएकी ब्राजिलियन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन्। 

ब्राजिलबाट दोहा हुँदै बुधबार नेपाल आएकी २१ वर्षीय इमिली मिकाइली सन्तोष फेरेइरालाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो। उक्त कार्यालयबाट खटिएको टोलीले लागुऔषध ल्याउनसक्ने व्यक्तिहरूमाथि निगरानी राख्छ। इमिलीको गतिविधि शंकास्पद देखिएपछि ब्युरोको टोलीले निगरानी गरेको एसपी जीवन निरौलाले जानकारी दिए।

उनी नेपाल आएर पनि भुटान जाने तयारीमा थिइन्। उनीमाथि शंका लागेर विमानस्थलको प्रस्थान कक्षमा प्रहरीले रोकेको थियो। तलासी लिएपछि उनले लगाएको भित्री वस्त्र भित्र तरल अवस्थाको १ किलो ९५० ग्राम लागुऔषध कोकिन भेटिएको एसपी निरौलाले बताए। कन्डम र पानीको बोतलभित्र तरल अवस्थामा रहेको कोकिनलाई प्रहरीले बरामद गरेको हो।

ब्युरोले उनीमाथि लागुऔषध (नियन्त्रण)ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार