मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

मापदण्ड विपरीत सञ्चालित बुटवलका ६ वटा क्लिनिक बन्द

Nagarik Sewa 4866+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

बुटवल। बिहीबार मापदण्ड विपरीत सञ्चालित बुटवलका ६ वटा क्लिनिकलाई जिल्ला प्रशासन रुपन्देहीको अनुगमन टोलीले बन्द गराएको छ। अनुगमन टोलीले विभिन्न ११ वटा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताविना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराइएको हो । 

नियम विपरीत चिकित्सक राखेर चेकजाँच तथा उपचार समेत गराउने फार्मेसीमा दर्ताविना चलेका क्लिनिकलाई  लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनको आग्रहपछि प्रशासनले अनुगमन गरेको हो।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाका अनुसार टोलीले अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराइएको हो। त्यस्तै बरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई पनि बन्द गराएको छ ।

अनुगमन टोलीले अस्पताल लाइनकै बुटवल डेन्डल प्रालिलाई पनि बन्द गरेको छ । अनुगमनका क्रममा अधिकांश मेडिकलहरूले क्लिनिक सञ्चालन गरेका तर दर्ता नै नगरेको भेटिएको थियो । बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार