मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सिंगापुर प्रस्थान गरे देउवा

Nagarik Sewa 4868+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उपचारका निम्ति बुधबार (फागुन १३) राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् । उनी यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् ।

“नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो,” सचिवालय स्रोतले भन्यो, “चार दिनपछि फर्कनुहुनेछ ।” सचिवालयका अनुसार, देउवा एक्लै सिंगापुरतर्फ लागेका छन् । उनकी पत्नी आरजु राणा देउवा यति बेला भारतको नयाँ दिल्लीमा छिन् ।

‘जेनजी’ आन्दोलन र पार्टीको विशेष महाधिवेशनपश्चात् राजनीतिक रूपमा सक्रिय नरहेका देउवाले निर्वाचन र कांग्रेस उमेदवारका विषयमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले ०४८ देखि ०७९ सालसम्म डडेलधुराबाट लगातार आमनिर्वाचन जितेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार