मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

एमालेनिकट पत्रकारको चुनावमा केन्द्रबाटै कु: नयाँ नेतृत्वको सूची भित्तामा टाँस्ने तयारी

Nagarik Sewa 4866+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

काठमाडौं । नेकपा एमालेले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयनमा जबर्जस्ती हस्तक्षेप गरेको छ। अध्यक्षमा वर्तमान उपाध्यक्ष गणेश पाण्डेलाई सुनिश्चित गर्न बालुवाटारको निर्देशनमा नेताहरूले हस्तक्षेप गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेश राईलाई रोक्न अध्यक्ष मण्डलले मनोनयन पत्र नै नदिएको हो ।  उपाध्यक्ष राईले निर्वाचन माग गरिरहेका बेला एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम नेतृत्वको अध्यक्षमण्डलले मनोयन पत्र नै नदिई निर्वाचनमा जानबाट रोकेको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै प्रचार विभाग प्रमुख गौतम र जनसंगठन समन्वय संम्यन्त्रका प्रमुख भानुभक्त ढकालले नयाँ नेतृत्वमा दाबी गरिरहेका राई पक्षलाई पाखा लगाउने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन् । जसअनुसार सोमबार अपरान्ह ४ बजेर २० मिनेटसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तालिका तय गरिएको छ । तर, सबैभन्दा अनौठो कुरा चाहिँ अन्तिम नामावली सार्वजनिक भएको १० मिनेट अर्थात् ४ बजेर ३० मिनेटमा अन्तिम परिणाम घोषण गर्ने भनिएको छ।

एमाले यहाँनिर चौतारीको निर्वाचन कार्यक्रममै कू गरेको छ । निर्वाचन कार्यक्रममा मतदान प्रक्रिया गायब बनाएको एमालेले अध्यक्षसहितका नयाँ नेतृत्वको सूची भित्तामा टाँस्ने तयारी गरेको छ । अहिले अध्यक्षसहित ९ जना पदाधिकारी गरि ९९ सदस्यीय केन्द्रीय कमिटीको सूचीलाई अन्तिम रूप दिइँदैछ ।  आइतबार उद्घाटनका क्रममै अधिकांश नेताहरूले कुनै हालतमा चुनावमा जान नदिने बताएका थिए । चौतारीका इन्चार्ज गौतमले त कसैले बुरुक्क उफ्रिनुको अर्थ नभएको बताउँदै कारबाहीको चेतावनी दिएका थिए ।

यता वर्तमान अध्यक्ष गणेश बस्नेतले निर्वाचनसम्म जान नदिने बताउँदै चुनावको मागसहित हस्ताक्षर गर्नेलाई अधिवेशनस्थलबाट निकाल्ने चेतावनी दिएका थिए । उनले यदि निर्वाचनमै जाने अवस्था आएमा बरु आफू आत्महत्या गर्न तयार रहेको बताएका थिए । त्यो भनाइलाई लिएर प्रतिनिधिमा तीव्र असन्तुष्टि देखिएको थियो । पाण्डेलाई अध्यक्ष बनाउन यसअघि एमाले प्रचार विभागमा नियुक्त भएको १० दिनमै राजीनामा गर्न लगाइएको थियो । उता उपाध्यक्ष राईले निर्वाचनमा जानै पर्ने अडान राखे पनि उनीसहितका आकांक्षीलाई मनोनयन पत्र नै नदिई  प्रतिस्पर्धामा निषेध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै