मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव

Nagarik Sewa 4868+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

काठमाडौं । गत बिहीबार पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित १० जनाको आरोहीको शव संकल गर्ने कार्य सुरु भएको छ ।

पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्गमा डेभिड शेर्पाका अनुसार आइतबार (साउन १७ गते) उनीहरूको शव क्याम्प–१ सम्म ल्याउने योजना छ । “आज ग्राउन्ड टिमबाट प्राप्त जानकारीअनुसार टोली हालको स्थानबाट क्याम्प–१ सम्म ल्याउने योजनामा छ । त्यसपछि भोलि टोली जापानी क्याम्प ल्याउने जानकारी छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकोप्टर सम्भावना रहेको छ,” शेर्पाले पाकिस्तानबाट आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

यस अभियानको मुख्य उद्देश्य आरोहीको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक घर फर्काउनु रहेको शेर्पाको भनाइ छ । “उद्धार अभियानमा संलग्न सम्पूर्ण टोलीको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो । हरेक निर्णय टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर लिइँदै छ,” शेर्पाले भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार