मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |
मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |


ए डिभिजन क्लब र एन्फाबीचको वार्ता असफल

Nagarik Sewa 4875+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीचको वार्ता असफल भएको छ । सोमबार (चैत २) बिहान एन्फालाई ज्ञापनपत्र बुझाउन गएका ए डिभिजनका अधिकारीहरूलाई एन्फा गेटमै प्रहरीले रोकेपछि क्लब पदाधिकारीहरू एन्फाको गेटमा धर्ना बसेका थिए । धर्ना बसेको दुई घण्टापछि एन्फाले आठवटा क्लबका प्रतिनिधिहरूलाई भित्र बोलाइ वार्ता गरेको थियो ।

तर, उक्त वार्ता असफल भएको हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । उनले भने, “हाम्रा साथीहरूले सहिद स्मारक ए डिभिजन लिगमा १४ वटा क्लबको सहभागिता सुनिश्चित हुनुपर्ने माग राख्यौँ । त्यसमा उनीहरूले असमर्थता जनाए । अर्को बुँदा ए डिभिजन लिग होम एन्ड अवेको रूपमा हुनुपर्ने बताए । त्यसमा पनि उनीहरूले जवाफ दिन सकेन । र, वार्ता असफल भयो ।”

वार्ता भंग भएपछि ए डिभिजन पदाधिकारीहरूले एन्फा गेटमा रिले अनशन सुरु गरेका छन् । वार्तामा एन्फाका तर्फबाट महासचिव किरण राई र प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर बसेका थिए । क्लबहरूको तर्फबाट मच्छिन्द्र फुटबल क्लबका अध्यक्ष अनिल श्रेष्ठ, फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, चर्चब्वाइज युनाइटेडका अध्यक्ष रुवेन राई, सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले, एनआरटी क्लबका अध्यक्ष सुन्दरराज जोशी, थ्री स्टार क्लबका कोषाध्यक्ष जयकृष्ण श्रेष्ठ र बी डिभिजन क्लबका संयोजक कुमार राजभण्डारी बसेका थिए ।

यसअघि एन्फाले नेपाल फुटबल खेलाडी संघसँग सहमति गर्दै यही ३० चैतदेखि ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरेको थियो । त्यसबाट असन्तुष्ट ए डिभिजन क्लबका पदाधिकारीहरू सोमबार बिहान लिग आयोजनाका निम्ति आवश्यक कार्यहरू गर्न भन्दै ७ बुँदे माग राखेर एन्फामा ज्ञापनपत्र बुझाउन गएका थिए ।तर, एन्फा गेटमा नै प्रहरीहरूले क्लब पदाधिकारीहरूलाई रोकेर भित्र प्रवेश गर्न दिएन । त्यसपछि ए डिभिजन क्लबका पदाधिकारीहरू एन्फाको गेटमा धर्ना दिएका थिए ।

क्लब अधिकारीहरूले राखेको ज्ञापनपत्रमा एकलौटी ढंगले सहभागी क्लबहरूसँग छलफल नै नगरी मनोमानी तवरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोले उक्त निर्णय सच्याउन र सहमतिअनुसार लिग गर्न भनेको छ । त्यस्तै, राष्ट्रिय लिग चलिरहेकै अवस्थामा ट्रान्सफर विन्डो खुला नगरी कसरी अर्को क्लबसँग खेलाडीले सम्झौता गर्ने हो त्यो स्पष्ट हुनुपर्ने बताएको छ । विदेशी खेलाडीहरूको श्रम स्वीकृतिमा समस्या देखिरहेकोले एकद्वार प्रणालीबाट उनीहरूको श्रम स्वीकृति लिने व्यवस्था गर्नुपर्ने माग पनि राखेको छ । साथै १४ वटै क्लबहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि राखेको छ । एन्फाले हाल १३ वटा क्लबलाई मात्र ए डिभिजन लिग खेल्न पत्राचार गरेको छ । त्यसमा विवादमा रहेको थ्री स्टार क्लब र एपीएफलाई समावेश गरिएको छैन ।

त्यस्तै, आर्थिक पक्ष सुनिश्चित गर्न पनि माग गरेको छ । जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नै करोडौँ रुपैँया खर्च गरिरहेका क्लबहरूले तुरुन्त ठूलो रकम खर्च गर्न सक्ने स्थिति बन्न गाह्रो देखिएकोले क्लबले सुनिश्चितता खोजेको देखिन्छ । त्यसैले पुरानो सहमतिअनुसार, राष्ट्रिय लिग सकिएको ३० दिनपछि ए डिभिजन लिगसँग प्रारम्भिक छलफल गरी लिगको बारेमा निर्णय गर्नुपर्ने क्लबहरूको माग छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार