मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

महानगरद्वारा माइतीघर मण्डलामा ७ वटा टहरा भत्काइयो

Nagarik Sewa 4874+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

काठमाडौं। काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलामा बनाइएका ७ वटा टहरा भत्काएको छ । सडक क्षेत्र अतिक्रमण गरी बनाइएका टहराहरूमा आज डोजर चलाइएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए । 

केही दिनअघि मात्र बनाइएका ती टहरामा रंगरोगनको काम भइरहेको थियो। महानगरले माइतीघरमा सडक अतिक्रमण गरेर बनाइएका टहरा भत्काउन समय दिएको थियो । तर, घरधनी आफैँले नभत्काएपछि महानगरले डोजर चलाएर भत्काएको हो ।

महानगर महानगरले अतिक्रमित संरचना हटाउने अभियान नै चलाएको छ । “जहाँजहाँ अवैध संरचनाहरू छन् । त्यहाँ भत्काएका छौँ । अब अन्य क्षेत्रमा पनि भत्काउने र खाली गर्ने क्रम चलिरहन्छ,” जोशीले भने ।

सडक विभागको २०३५ सालदेखिको मापदण्डअनुसार, सडक सीमामा घरटहरा बनाएर भाडा उठाइरहेका संरचना भत्काएको महानगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै