मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

प्रहरीको टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध

Nagarik Sewa 4875+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं। टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन नेपाल प्रहरीले अनुरोध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । 

प्रहरीले सूचना नै निकालेर भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’ एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेल साँझ ४ बजेदेखि  काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टीयूमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो ।

एनपीएलमा यसपटक पनि जनकपुर बोल्ट्स,काठमाडौं गोर्खाजका साथै सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार