मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

सर्वोच्च अदालतको वेबसाइट पूर्ण रुपमा सञ्चालनमा

Nagarik Sewa 4875+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

काठमाडौं। जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडले क्षतविक्षत भएको सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाले सोमबारबाट आफ्नो वेबसाइट पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । ‘भदौ २४ गते तोडफोडअघि हाम्रो सूचना प्रणाली र वेवसाईट जस्तो अवस्थामा थियो, अहिले त्यो अवस्थामा आइपुगेको छ’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, ‘त्यसपछि अहिलेसम्म अदालत कागजी रुपमा मात्रै सञ्चालन भएको थियो। अब त्यसपछिका सूचना र विवरण अपलोड गर्ने तयारी भइरहेको हो ।’ 

सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारवाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली(केस म्यानेजमेन्ट सिस्टम–सीएमएस) सञ्चालन गर्छ । भदौ २४ को आगजनीपछि सर्वोच्च अदालतकै भवनको माथिल्लो तलामा रहेको सूचना–प्रविधि कक्षमा क्षति पुगेपछि सीएमएस अवरुद्ध भएको थियो भने सर्वोच्च अदालतको वेवसाईट नै बन्द भएको थियो।

अदालत खुलेको केही सातापछि वेवसाइट सञ्चालन भएपनि त्यसमा सबै डाटाहरु हटेका थिए । यो एक महिनाको अवधिमा हेटौडामा रहेको ‘ब्याकअप सेन्टर’बाट डाटा रिकभर गरेर वेवसाइट सञ्चालनमा ल्याइएको प्रवक्ता कोइरालाले बताए । सर्वोच्च अदालतको वेबसाइट बन्द हुँदा मुद्दाका सरोकारवालाहरु प्रत्यक्ष प्रभावित भनेका थिए । सर्वोच्चको वेवसाइटमा मुद्दाको तारिख, पेशीदेखि अरु सबै विवरण र फैसला समेत उपलब्ध हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै