४५ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4872+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ यसदिन प्रतितोला ४ हजार ५ सय रूपैयाँले घटेको छ। आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार तीन सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै