मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कक्षा १२ को वार्षिक परीक्षा आवेदन फाराम खुला

Nagarik Sewa 4868+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को नियमित तथा आंशिक दुवै तर्फको वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०८२र०८३ को वार्षिक कार्यतालिका अनुसार विद्यार्थीका लागि परीक्षा आवेदन भर्न आह्वान गरेको हो।

सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ। यदि उक्त अवधिमा शुल्क बुझाउन छुटेमा माघ १५ गतेसम्म विलम्ब शुल्कसहित रकम बुझाएर फाराम भर्न सकिने व्यवस्था गरिएको छ।

यस पटकको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थी सहभागी हुन पाउनेछन्। त्यस्तै, आंशिकतर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८० र ८१ भएका परीक्षार्थीले मात्र आवेदन दिन पाउने बोर्डले स्पष्ट पारेको छ। नियमित परीक्षार्थी हुनका लागि कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ। विद्यार्थीले फारामका साथमा विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि पनि बुझाउनुपर्नेछ।

बोर्डले परीक्षा शुल्क प्रति विद्यार्थी ८०० रुपैयाँ तोकेको छ भने विलम्ब शुल्कसहित १६०० रुपैयाँ बुझाउनुपर्नेछ। भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्ट जस्ता बाह्य परीक्षक आवश्यक पर्ने विषयका लागि विद्यार्थीले थप शुल्क बुझाउनुपर्ने प्रावधान छ।

विद्यार्थीले आफूले कक्षा १२ को नियमित परीक्षा दिएकै विद्यालयबाट मात्र आंशिक परीक्षाको आवेदन दिनुपर्नेछ। विषय छनोट गर्दा कक्षा ११ मा अध्ययन गरेकै विषय र समूह अनुसार हुनुपर्नेछ, अन्यथा आवेदन स्वतः रद्द हुने बोर्डले चेतावनी दिएको छ। आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने र विद्यालयले ती विवरणहरू बोर्डको अनलाइन पोर्टल मार्फत प्रविष्टि गर्नुपर्नेछ। शुल्क भुक्तानीका लागि बैंक भौचरका अतिरिक्त डिजिटल माध्यमहरू जस्तै कनेक्ट आईपीएस, ई(सेवा, खल्ती र आईएमई(पेको प्रयोग गर्न सकिने सुविधा समेत दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार