मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को चुनावमा पशुविज्ञ भुसालको उपाध्यक्ष पदमा उम्मेद्वारी

Nagarik Sewa 4866+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् २०८१ को पहिलो निर्वाचनका लागि लोकराज भुसालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । आगामी माघ १८ गते हुने हुने  ऐतिहासिक निर्वाचनका लागि पशुवास्थ्यको विषयमा लामो विज्ञता हासिल गरेका भुसालले उम्मेद्वारी दिने तयारी गरेका हुन् । 

विसं २०४७ सालदेखि नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनको संस्थापक सदस्यका रूपमा काम सुरु गरेका भुसालले पेशाकर्मीहरूको हक, हित र सामाजिक सुरक्षा सुनिश्चित गराउन लामो संघर्ष गरेका छन्। २०७९ मा संसदबाट लागू भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद ऐनको प्रभावकारी कार्यान्वयनमा उनको उल्लेखनीय योगदान रहेको छ।  पशु स्वास्थ्य र सेवा क्षेत्रको सुधार ल्याउन परिषदको प्रभावकारी गठन र कार्यान्वयनमा उनले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

उपाध्यक्ष पदका उम्मेद्वार भुसालका प्राथमिकताहरु

पेशागत मर्यादा र दक्षताको सुनिश्चितता: पेशाकर्मीहरूको सम्मान र सामाजिक सुरक्षामा सुधार।

पशु र मत्स्य क्षेत्रको दिगो विकास: नेपालको कृषि र पशुपालन क्षेत्रको समृद्धिका लागि ठोस योजनाहरू।

गुणस्तरीय सेवा प्रवाह: प्राविधिक क्षमता विकासमार्फत जवाफदेही र गुणस्तरीय सेवा।

सहयोग र सहकार्यको माहौल: सबै सरोकारवालासँग मिलेर मैत्रीपूर्ण कार्य वातावरण सिर्जना।

अन्तर्राष्ट्रिय मान्यता: नेपालका पशुपन्छी र मत्स्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै, त्यसको प्रतिष्ठा वृद्धि।

पेशाकर्मीहरूको हकको सुनिश्चितता, पशुपन्छी, मत्स्य क्षेत्रको दिगो विकास र समृद्धिका लागि समर्पित रहँदै आएका भुसाल उपाध्यक्षको पदमा योग्य उम्मेदवार रहेको विज्ञहरुको बुझाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार