मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

पोर्चुगलको कामदार भिसा बन्द

Nagarik Sewa 4875+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं। कात्तिक ६ गतेदेखि लागू हुनेगरी पोर्चुगलले उच्च दक्ष बाहेक अन्य कामदार भिसा बन्द गरेको छ। पोर्चुगल सरकारले उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको हो। कामदार भिसा बन्द गरे पनि नेपालबाट पोर्चुगल पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखिएको छ।

ठगीका घटना बढ्न थालेपछि पोर्चुगलस्थित नेपाली दूतावासले कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेकाले सावधानी अपनाउन भनेको छ ।

पोर्चुगलले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष कामदारका लागि मात्रै भिसा दिने निर्णय गरेको थियो । त्यो बाहेक सबै प्रकारका कामदार भिसा जारी बन्द गरेको औपचारिक जानकारी दूतावासलाई गराएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समेत सचेत रहन अनुरोध गरेको छ । कामदार भिसा बन्द भएको अवस्थामा नेपालीलाई विभिन्न प्रलोभनमा पारेर ठगीको प्रयास भइरहेको भन्दै सचेत रहन अनुरोध गरेको हो । गत वर्ष मात्रै १ हजार ९८९ जनाले श्रम स्वीकृति लिएर पोर्चुगल गएका थिए । सबैजसो व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार