मुख्य समाचार
बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल | नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु | परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान | परिवारले आस मारेको अवस्थामा मृत्युको प्रमाणपत्र पाउनुपर्छ : रास्वपा | फ्रान्समा गहिरियो इन्धन संकट |

संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि नियुक्ति नस्वीकार्ने सर्वोच्चबारको प्रष्टोक्ति

Nagarik Sewa 4862+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।

बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो।

‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ। यसो नगर्न हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ, ‘अन्तमा, हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेन-जी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ।’ यस्तै, संवैधानिक उपलब्धिहरूको सम्झौता नगर्न र राष्ट्रपतिको भूमिका यो बेलामा अहम् हुने बताउँदै सक्रियताको अपेक्षा रहेको बारले जनाएको छ। 

‘देश जोगाऔं, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौं, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔं। कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशीता सहितको संघीयता जस्ता स्थापित संवैधानिक उपलब्धिहरूमा सम्झौता नगरौं,’ बारले भनेको छ, ‘यस सन्दर्भमा संविधान बमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ। यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा गर्दछौँ। नागरिक शासन अविलम्व कायम गरियोस्।’

बारले कानुनको शासनलाई सर्वोपरि ठान्न र कानुनी तथा संवैधानिक व्यवस्थाबाट विचलित नहुन अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै